गर्मी बढेपछि तिलोत्तमाका विद्यालयमा एक महिना बिदा

बुटवल । अत्यधिक गर्मी बढेको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयहरुमा एक महिना गर्मी बिदा दिएको छ ।

नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नगरभित्र रहेका सामुदायिक र संस्थागत सबै विद्यालय जेठ १८ गतेदेखि असार १४ गतेसम्म बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

नगरप्रमुख रामकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र पठनपाठन सञ्चालन गर्न समस्या भएकाले बिदा दिइएको उल्लेख छ ।

‘तिलोत्तमा नगरपालिकाको मिति २०८१/२/१७ गतेको नगरप्रमुख स्तरीय निर्णयानुसार केही दिनदेखि बढ्दै गएको अत्याधिक गर्मीका कारण विद्यार्थीहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएको हुँदा विद्यालयमा सहज पठनपाठन गर्न समस्या भएकाले मिति २०८१/२/१८ गतेदेखि २०८१/०३/१४ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने व्यहोरा सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।’-सूचनामा भनिएको छ ।

 
 
  
 

You may also like