नेपाल र अमेरिकाबीचको ‘वार्मअप’ खेल वर्षाको कारण रद्द

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटअघि तय भएको नेपाल र अमेरिकाबीचको ‘वार्मअप’ खेल रद्द भएको छ ।नेपाली समयाअनुसार गए राति हुनुपर्ने खेल वर्षाका कारण रोकिएको हो । टस भए पनि वर्षाका कारण खेल भने शुरू हुन सकेन ।

टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । पहिलो वार्म अप खेलमा नेपाल सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो । यसअघि अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल पनि खराब मौसमका कारण रद्द भएको थियो ।

 
 
  
 

You may also like