ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको हो– देउवा

by समतल अनलाइन

पोखरा ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप लगाएका छन् ।

पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै नसक्ने दाबी गरेका हुन् । सओलीले यसअघि राष्ट्रवादको नाममा जनतालाई उल्लु बनाएर चुनाव जितेको भन्दै देउवाले ओलीको राष्ट्रवादले अहिले कालापानीमा घुँडा टेकेको बताए । देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ ।’

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको भन्दै दर्उवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानी पनि आधा हक लाग्छ ।’

उनले ओली सरकार राष्ट्रवादी सरकार नभएको र जताततै भ्रष्टार बढाउने काम सरकारले गरेको आरोपसमेत लगाए ।

 
 
  
 

You may also like