लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीद्धारा नयाँ बर्षको शुभकामना सगैँ पात्रो विमोचन

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले नव वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान सगैँ भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेकाे छ ।

संघका पदाधिकारी सल्लाहकार र सदस्यहरु बिच नयाँ बर्षको सुरुवात सगैँ देशको अर्थतन्त्रमा सुधार आए व्यवसायीक क्षेत्रमा पनि सुधार सगैँ परिवर्तन हुनेछ भन्ने अपेक्षा गर्दै एकआर्कामा बिच सद्भाव र सहकार्य गर्ने प्रतिवद्धता सहित शुभकामना आदानप्रदान गरेका थिए ।

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मञ्जु भुसालले नयाँ वर्ष २०८१ सालको शुभकामना दिँदै निर्माण व्यवसायीको क्षेत्रको हालको समस्या र अप्ठ्याराहरु पूरानै सालमा समाप्त भई नयाँ वर्षमा लागे सगैँ नयाँ रणनिति र योजना सहित अघि बढ्न सबैलाई अनुरोध गरिन उनले व्यवसायीको हकहितमा समेत आफु सधै तत्तपर रहेको समेत बताईन।

पत्रो विमोचन कार्यक्रम अध्यक्ष मञ्जु भुसालको प्रमुख आथित्यता र बिशिष्ट अतिथिहरु सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ , रूपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापा , निर्माण व्यवसायी महासङ्घ लुम्बनी प्रदेशका उपमहासचिव विनय ज्ञवालीको उपस्थित रहेको थियो । कार्यक्रममा सबैले नयाँ बर्षको अबसरमा पुरानै दुखहरु सबै भल्दै एकअर्कामा खुसि साटासाट गरेका थिए ।

भित्ते पात्रो प्रकाशन संयोजक राजन ज्ञवाली रहेका थिए भने कार्यक्रम संचालन प्रितम रौनियारले गरेका थिए । विमोचन कार्यक्रम शनिबार लुम्बिनि निर्माण व्यवसायी संघ रुपन्देही स्थित भैरहवामा रहेको आफ्नै कार्यालयमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like