भलाई कोषद्वारा स्वर्ण महोत्सव को अवसरमा विविध कार्यक्रम गर्दै

बुटवल । यातायता मजदुर तथा व्यवसायी भलाई कोष बुटवलले स्थापनाको ५० वर्ष पुगेको अवसरमा विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउने भएको छ । वि.स. २०३१ सालमा स्थापना भएको भलाई कोषले ४६ औं वार्षिक साधारणसभा तथा स्वर्ण महोत्सवको अवसरमा वैशाख १ गतेदेखि ३ दिनसम्म विभिन्न कार्यक्रम गर्ने भएको हो ।

संस्थाले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा वैशाख १ गते ५ लाख १ हजार १११ रुपैयाँको अक्षेकोष स्थापना गर्दै उक्त कोषबाट सदस्यका छोराछोरीहरुका लागि प्रत्येक वर्ष छावृत्ति प्रदान गर्ने अध्यक्ष दिनेश फुल्लेल जानकारी दिए । यसैगरी स्वर्ण महोत्सव कार्यक्रम अन्तरगतनै वैशाख १ गते विहान क्यालेन्डर विमोचन, २ गते रक्तदान, दुर्घटना न्युनिकरण, ट्राफिक जनचेतना, सवारी ऐन र बीमा सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया गर्ने भएको छ । वैशाख ३ गते महोत्सवको अन्तिम दिन मूल समारोहसहित स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन र सम्मान कार्यक्रम आयोजना गरिएको अध्यक्ष फुल्लेलले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा शाखा बिस्तार गरेको भलाई कोषमा करिब ३ हजार सदस्यहरु आवद्ध रहेका छन् । कोषले दुर्घटनामा अङ्गभङ्ग भएका यातायात मजदुरहरुलाई मासिक २ हजार २ सय पेन्सन व्यवस्था गर्दै आएको छ । हाल उक्त सुविधा लिने १८ जना सदस्य रहेको कोषले जनाएको छ । व्यवसायी तथा मजदुरहरुको भलाईका लागि काम गर्दै आएको कोषले बिमा कम्पनीसँग सम्झौता गरी दुर्घटनापछिको आर्थिक क्षेति व्यहोर्दै आएको छ भने दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

 
 
  
 

You may also like