आयरल्याण्ड वुल्भ्सविरुद्ध सुखद अन्त्यको लक्ष्यमा नेपाल ‘ए’

काठमाडौं । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्सविरुद्ध अन्तिम खेल खेल्दै छ । दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरू हुनेछ ।

यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जीत निकाल्दै वुल्भ्सले शृंखला जितिसकेको छ । आजको खेलमा पनि जीत निकाले वुल्भ्सले नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० श्रृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने आज जितसहित शृंखलाको सुखद् अन्त्य गर्ने लक्ष्यमा हुनेछ । ट्वान्टी–२० श्रृंखलापछि दुई टिमले तीन खेलको एकदिवसीय श्रृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

 
 
  
 

You may also like