चार असईसहित २३ प्रहरी सम्पर्कविहीन (सूचनासहित)

काठमाडौँ । लामो समयदेखि सम्पर्कविहीन रहेका २३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक चार जना, प्रहरी हबल्दार एक, प्रहरी जवान १७ र २ जना प्रहरी कार्यालय सहयोगी सहित २३ प्रहरी विगत एक महिनाभन्दा बढी समयदेखि सम्पर्कमा छैनन् । यसबीचमा खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गरेर जनाएको छ ।

आज (मंगलबार) जारी सूचनामा उनीहरूलाई सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनेको छ । अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले गराएको छ ।

हेर्नुस् सूचना

 
 
  
 

You may also like