पञ्जाव किंग्समाथि रोयल च्यालेन्जर्स बैंगलोर ४ विकेटले विजयी

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरले पञ्जाव किंग्सलाई पराजित गरेको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको सोमबार राति सम्पन्न खेलमा बैंगलोरले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।

पञ्जाव किंग्सले दिएको १७७ रनको लक्ष्य पछाएको बैंगलोरले १९.२ ओभरमा लक्ष्य पुरा गरेको थियो । बैंगलोरको जितमा विराट कोहलीले सर्बाधिक ७७ रन बनाएका थिए भने दिनेस कार्तिकले अविजित २८ र महिपाल लोमरोरले अविजित १७ रन बनाएका थिए ।

यसअघि पञ्जावले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । यो रोयल च्यालेन्जर्स बैंगलोरको दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पञ्जावले दोस्रो खेलमा पहिलो हार व्यहोरेको छ ।

 
 
  
 

You may also like