महरालाई सीआइबी कार्यालय पुर्‍याइयो, बयान लिइँदै

काठमाडौँ । सुन प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाजिम्पाटले बयान लिने तयारी गदैछ । सोमबार बिहान कपितवस्तुबाट पक्राउ परेका उनलाई केहीबेरअघि काठमाडौँ ल्याइएको हो ।

आज बिहान भैरहवा हुँदै दाङ जाने क्रममा महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । छानविन आयोगले सुन काण्डको प्रतिवेदन बुझाएपछि महरा प्रहरी निगरानीमा थिए । सोही क्रममा उनलाई आज पक्राउ गरी काठमाडौँमा ल्याई अनुसन्धान गर्ने तयारी रहेको सीआइबी उच्च स्रोतले जानकारी दियो ।

सीआइबी उच्च स्रोतका अनुसार उनको आज बानेश्वरस्थित सीआइबीको केन्द्रीय कार्यालयमा बयान लिने तयारी छ । पूर्व सभामुख महरासँग आयोगले यसअघि बयान समेत लिएको थियो । यता महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । यस प्रकरणबारे सीआइबीले गरेको अनुसन्धानमा त्रुटि रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारवाही गर्न निर्देशन दिएका थिए ।

 
 
  
 

You may also like