युथ फर एक्सनले बुटवलमा २० देखि २२ गते सम्म जिल्लास्तरीय अन्तर कलेज फुटसल प्रतियोगिता गर्दै

बुटवल।बुटवलमा फागुन २० देखि २२ गते सम्म जिल्लास्तरीय अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । बुटवल १५ स्थित युथ फर एक्सन क्लबको आयोजनामा बुटवलमा तीनदिने जिल्ला स्तरिय प्रतियोगिता आयोजना हुन लागेको हो ।

बुटवल १५ मा रहेको क्लवले रुपन्देहीका करिब ५० बिद्यालयका बिचमा जिल्ला स्तरिय फुटसल प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै युथ फर एक्सनका अध्यक्ष प्रयास आचार्यले जानकारी दिए ।

जिल्ला स्तरिय अन्तर कलेज फुटसल प्रतियोगितामा अहिलेसम्म ५० बिद्यालयलाइ पत्राचार भएको उनले बताए । केही बिद्यालयले अझैपनि दर्ता गर्न सक्ने भएकाले आज बेलुका ९ बजेसम्म नाम दर्ताको समय रहेको कार्यक्रम संयोजक संजोग शर्माले जानकारी दिए ।

फुटसल प्रतियोगितामा प्रथम हुने टीमलाइ ५० हजार नगद,ट्रफी र प्रमाणपपत्र दिइने छ भने दोस्रो हुनेलाइ २५ हजार नगद, ट्रफी र प्रमाणपपत्र दिइने छ । पुरस्कार सौजन्य भने बुटवल चौराहामा रहेको ग्लोबल रिचले गरेको ग्लोबल रिचकी काउन्सीलर शान्ति क्षेत्रीले बताइन् । खेल आइतबार बिहान योगिकुटीमा रहेको लुम्बिनी फुटसलमा हुनेछ ।

प्रतियोगिताका लागि करिब ३ लाख खर्च अनुमान गरिएको छ । ३ हजार दर्ता शुल्क रहेको सो प्रतियोगितामा कक्षा ९ देखि स्नातमसम्मका बिद्यार्थी सहभागि हुन पाउनेछन् । कार्यक्रममा नि:शुल्क हेल्थ डेक्स पनि संचालन हुने नारायण घिमिरे भावुकले बताए ।

 
 
  
 

You may also like