साम्बाको ५ गोलमा नेपाल सेमिफाइनलमा, अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा ५० गोल पूरा

by समतल अनलाइन

काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालले इराकमाथि ५–० गोलको शानदार जित हात पारेको छ । बिहीबार साउदी अरेबियामा भएको समूहको आफ्नो दोस्रो खेलमा नेपालले उत्कृष्ट जित हात पारेको हो ।

नेपालको जितमा पाँचै गोल सावित्रा भण्डारी ‘साम्बा’ ले गरिन् । योसँगै उनले नेपालका लागि ५० अन्तर्राष्ट्रि गोल समेत पूरा गरिन् । साम्बाले खेलको १४, १६ र ३७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यस्तै ४४ मिनेटमा चौथो गोल गर्दा ७९ मिनेटमा पाँचौ गोल गरिन् ।

सावित्राले नेपालका लागि पाँचौं ह्याट्रिक गरेसँगैनेपालले समूहमा ६ अंक जोडेको छ भने सेमिफाइल यात्रा बलियो बनाएको छ । अघिल्लो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो । अब अन्तिम खेलमा नेपालले प्यालेस्टाइनसँग खेल्नेछ ।

 
 
  
 

You may also like