नेविसंघ जिल्ला कार्यसमिति रुपन्देहीद्वारा विभिन्न क्याम्पसमा फायर एक्सटिंग्वशर सामग्रीको हस्तान्तरण

by समतल अनलाइन

बुटवल। १०४ वर्षे लामो जहाँनिया, निरकुश, तानाशाही र एकतन्त्रीय राणा शासनको अन्त्य गरी नेपालमा जनताले प्रत्याभुती गर्ने गरि प्रजातान्त्रिक मुलुक घोषणा भएको ७४ औँ बर्षको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती रुपन्देहीले रुपन्देहीका विभिन्न क्याम्पसहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत फायर एक्सिटिंज्वशर अर्थात अग्नि रक्षक सामग्री प्रदान गरिएको छ ।

जिल्लामा रहेका प्रतिष्ठित क्याम्पसहरु बुटवल बहुमुखी क्याम्पस , भैरहवा बहुमुखी क्याम्पस , यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा दुई दुइ वटा फायर एक्सिटिंज्वशर बितरण गरिएको जिल्ला अध्यक्ष सन्दिप पाण्डेले जानकारी दिए ।

जिल्ला अध्यक्ष सन्दिप पाण्डेका अनुसार क्याम्पसलाई आगोलागी बाट सुरक्षित रहनका लागि अग्नि रक्षक सामग्रीको हस्तान्तरण गरिएको बताए । हस्तान्तरण कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य बिष्णु खनाल , विद्यार्थी नेताहरु रोशन थापा ,पवन पन्थ , अर्जुन श्रेष्ठ एवम विभिन्न क्याम्पसका इकाई अध्यक्ष एवम पदाधिकारीको उपस्थित रहेको थियो ।

 
 
  
 

You may also like