यी अभिनेत्रीलाई भयो हृदयाघात, आईसीयुमा लड्दैछिन् जिन्दगीसँग

by समतल अनलाइन

भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल गहना वशिष्ठले खाना नखाइ लामो समय काम गर्दा हृदयाघात भएको छ । जसकारण उनले अस्पतालमा उपचार गराइरहेकी छिन् ।

अस्पतालका अनुसार बिहीवार गहनालाई भर्ना गरिएको थियो । उनको हालत गम्भीर भएको बताइएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।
मुम्बईको एक अस्पतालमा उनले उपचार गराइरहेकी छिन् । अस्पतालका अनुसार उनलाई निम्न रक्तचाप पनि छ ।

३१ वर्षीया यी अभिनेत्री बिहीवार एक वेब सिरिजको शूटिङ गरिरहेकी थिइन् । त्यतिबेला उनी अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो ।

 
 
  
 

You may also like