नवौं मुणिमुकुन्द कप राष्ट्रिय भलिबलको उपाधि त्रिभुवन आर्मीलाई

by समतल अनलाइन

बुटवल । नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । रुपन्देहीको तिलोत्तमा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो ।

गण्डकीलाइ २५–२१, २५–१८ र २५–२१ ले हराउँदै आर्मीले उपाधि जितेको थियो ।

नेपाल एपिएफ मणिमुकुन्द कपमा तेस्रो भएको थियो । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । एपिएफले २५–२०,२५–२० र २५–१७ को सहज जित निकालेको थियो।

मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजना नेपाल भलिबल संघको संयोजनमा प्रदेश खेलकुद परिषद, लुम्बिनीले मुख्य प्रायोजन गरेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागि गरि १० टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरे ।

 
 
  
 

You may also like