बुटवलमा जीपि काेईराला महिला भलिवल प्रतियाेगिता फागुन ५ र ६ गते हुने

by समतल अनलाइन

बुटवल । बुटवलमा चाैधाैं संस्करणकाे जीपि काेईराला स्मृति महिला भलिवल रनिङ शिल्ड प्रतियाेगिताकाे तयारी गरिएकाे छ । जीपि काेईराला स्मृति प्रतिष्ठानले स्वर्गीय गिरिजाप्रसाद काेईरालाकाे चाैधाैं स्मृति दिवसकाे अवसरमा यहि फागुन ५ र ६ गते बुटवलमा महिला भलिवल रनिङ शिल्ड प्रतियाेगिता गर्न लागिएकाे बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएकाे हाे ।

बुटवल उपमहानगरपालिकाकाे संरक्षकत्व तथा सहयाेगमा सञ्चालन गर्न लागिएकाे प्रतियाेगितामा बुटवल उपमहानगरपालिका सहित तिलाेत्तमा, सैनामैना र देवदह नगरपालिकाका विद्यालयलाई सहभागी गराईने प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी गराउनु भयाे । यस अगाडिसम्म बुटवल उपमहानगरपालिका भित्रका विद्यालय मात्रै सहभागी गराउदै आएकाेमा यसलाई अझै फराकिलाे गराउन छिमेकी पालिकालाई पनि समेटिएकाे उहाँले बताउनु भयाे ।
ज्ञनाेदय माध्यमिक विद्यालयकाे प्राङ्गढमा सञ्चालन गरिने प्रतियाेगितामा २० टिम सहभागी हुने र प्रतियाेगिताकाे तयारीकाे काम भईरहेकाे प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठले बताउनु भयाे ।

प्रतियाेगितामा प्रथम हुने टिमलाई २० हजार रुपैंया नगद पुरस्कार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र चाैथाे हुनेलाई सान्त्वना स्वरुप ५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयाेजक परमानन्द भट्टराईले जानकारी गराउनु भयाे । यस अगाडि बुटवलकाे एभरेष्ट माविले जितेकाे थियाे ।

 
 
  
 

You may also like