कञ्चनको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सकियो, १७ स्वर्ण सहित प्रगती प्रथम

by समतल अनलाइन

कञ्चन। रुपन्देहीको कञ्चनमा यही माघ २६ गते देखि संचालन भएको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पालिका स्तरिय छनौट खेल सोमवार सम्पन्न भएको छ। उक्त छनौट खेलमा प्रगती नमुना माध्यमिक बिद्यालय कञ्चन १, बेलभरियाले १७ स्वर्ण, १० रजत ७ काश्य पदक सहित विजेता भई लगातार दोश्रो पटक पनि रनिङ्ग शिल्ड आफ्नो कब्जामा पारेको छ।
\
गत बर्ष सम्पन्न भएको रनिङ्ग शिल्ड प्रतियोगितामा पहिलो पटक पालिकाको रनिङ्ग शिल्ड हात पारेको प्रगतीले यस बर्षको प्रतियोगितामा समेत लगातार दोश्रो पटक शिल्ड कब्जा गर्न सफल भएको हो।

यसैगरी प्रतियोगितामा लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिद्यालयले ८ स्वर्ण ९ रजत १० काश्य पदक प्राप्त गरी छनौट खेलमा दोश्रो हुन सफल भएको छ भने ५ स्वर्ण ४ रजत ९ काश्य पदक सहित तेश्रो भएको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन सचिवलय संयोजक तथा रुद्रपुर माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक ध्रुव पौडेलले जानकारी दिनु भएको छ। यसैगरी ५ स्वर्ण ३ रजत ५ काश्य पदक सहित हरैया माध्यमिक बिद्यालय चौथो भएको छ।

आधारभुत बिद्यालय तर्फ बालकल्याण प्रथम

हिजो सोमबार सम्पन्न छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पालिका स्तरिय छनौट खेलमा बालकल्याण आधारभुत बिद्यालय, कञ्चन ४, बेलडाडा प्रथम भएको छ। ४ स्वर्ण १ रजत पदक प्राप्त गरी आधारभुत बिद्यालय तर्फको प्रतियोगितामा बालकल्याण प्रथम भएको हो। यस्तै ३ स्वर्ण १ रजत ३ काश्य पदक सहित क्रिएटिभ लुम्बिनी ईङ्गलिस बोर्डिङ्ग स्कुल, कञ्चन ४ अस्नैया द्वितिय भएको छ भने २ स्वर्ण पदक हात पारेको हिमालय आधारभुत बिद्यालय तृतिय हुन सफल भएको छ।
१६२ पदकका लागि कञ्चनका सामुदायिक र संस्थागत गरी ३० बिद्यालयका करिब १ हजार २ सय बिधार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा छात्र छात्रा एथलेटिक्स, भलिवल, कबड्डी, हाइजम्प, ट्रिपल जम्प, लङेगजम्प, छोलो फाल, भाला फाल, मार्शल आर्ट गरी
५४ खेलहरुमा प्रतिस्पर्धा समावेश गरिएको थियो।

विजेता तथा उपविजेता खेलाडीहरुलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले हरेक प्रतियोगिताहरु हारजितमा आधारित हुने भएकोले जसले प्रतिस्पर्धामा सहभागिता जनाउने हिम्मत गर्छ त्यो खेलाडी नै वास्तविक बिजेता हुने उल्लेख गर्नु भयो। अध्यक्ष ढकालले हार भन्ने चिज सधै जिवन्त नरहने भन्दै यसपटकको पराजितमा भएका कमजोरीहरुलाई आगामी दिनमा सुधार्दै गएमा जित सदैव सुनिश्चित हुने बताउनु भयो। बिद्यालय र बिधार्थीहरुको शैक्षिक स्तरलाई राम्रो बनाउन खेलकुद अनिवार्य रहने उल्लेख गर्दै जोसंग अनुशासन, लगनशिलता, एकता, सहकार्य र समन्वय अनि धैर्यता रहन्छ त्यो ब्यक्ती कहिल्यै पराजित नहुने अध्यक्ष ढकालले बताउनु भयो।
प्रतियोगिताको समापन कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगर, शिक्षा अधिकृत रमेश भुसाल, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, जनप्रतिनीधि, लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन सचिवलय संयोजक तथा रुद्रपुर माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक ध्रुव पौडेलले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन शिक्षक प्रकाश क्षेत्रीले गर्नु भएको थियो ।
रुद्रपुर माध्यमिक बिद्यालयको खेल मैदान अस्नैयामा माघ २६ गते देखि २९ गते सम्म संचालन भएको प्रतियोगिता थियो।

 
 
  
 

You may also like