तिलोत्तमा वडा न ९ को आयॉजना वडाकप बालमैत्री फुटसल प्रतियोगिता शुरु

by समतल अनलाइन

तिलोत्तमा०। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को आयोजनमा अन्तर वडा बाल संजाल स्तरिय फुटसल प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित युनिक फुटसलमा भएको प्रतियोगितामा १७ वटा वडाका बालबालीकाको सहभागी रहेको छ ।प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले प्रतियोगिताबाट ग्रामिण भेगको खेलकुद बिकासमा टेवा पुग्ने बताए । नगरप्रमुख खाणले तिलोत्तमा नगरपालिका खेलाडी उत्पादनमा सबै वडा तह बाट सहभागी हुने गरि खेलकुदको बिकासमा अग्रसर रहेको प्रतिबद्धता जाहेर गरेका छन । नगर प्रमुख खाणले प्रतियोगिताबाट बालबालिकाको स्वास्थ्यमा अनुकुलता र नियमित खेलकुदमा संलग्न भएपछि खेलाडी उत्पादन हुने बताए । खेलकुद क्षेत्रको विकासका लागि नगरप्रमुख खाणले स्थानिय सरकारबाट तर्फबाट आवश्यक सबै योजना लागु गर्ने बताए ।

कार्यक्रममा बिशिष्ठ अथिति समेत रहेकी नगर उपप्रमुख जगेश्वर देवी चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने बताईन। चौधरीले वडा नम्बर ९ ले आयोजना गरेको कार्यक्रमबाट बालबालिका खेलकुदप्रति थप आकर्षित हुने र अध्ययन संगै सामाजिक कार्यमा रुचि राख्ने बताईन । प्रतियोगिताको अध्यक्षता ग्रहण समेत गरेका वडा नम्बर ९ का अध्यक्ष ध्रुव न्यौपानेले खेलकुद मार्फत आपसी चिनजान भाइचारा र स्वास्थ्य र रास्ट्रका लागि योगदान दिन फुटसल प्रतियोगिता आयोजना गरिएको बताए ।सो अवसरमा बोल्दै वडा नम्बर-९ का वडा सचिव माया गैरेले भनिन – ‘प्रतियोगिताको मुल उदेश्य ग्रामिण भेगका बालबालिकाहरुलाई सानै उमेरबाटै खेलकुदका माध्यमबाट संरक्षणका साथै खेलकुद विकास र उनिहरुलाई खेलप्रति उत्साहित गर्नुपनि हो ।’प्रतियोगिताको समुद्घाटन समारोह कार्यपालिका सदस्य तारा सुनारको स्वागत र सचिव माया गैरेको संचालनमा सम्पन्न भएको थियो।

उद्धघाटन खेलमा आयोजक विजयी

नगरप्रमुख रामकृष्ण खाण तथा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले रेफ्रीलाइ बल हस्तान्तरण गर्दै समुद्घाटन गरेको आज सम्पन्न ५ खेलमा वडा नम्बर ९ ए , वडा नम्बर १ , वडा नम्बर ६ , वडा नम्बर १३ र वडा नम्बर ४ बिजयी भएका छन्। आज भएको रोमाञ्चक खेलमा प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जानकारी दिएको छ। वडा नम्बर ९ ए र वडा नम्बर ५ बिच भएको खेलमा ९ ए ले २ का बिरुद्ध ३ गोल गर्दै जित हासिल गरेको छ , त्यस्तै वडा नम्बर ७ र वडा नम्बर १ बिच भएको खेलमा वडा नम्बर १ ले ० का बिरुद्ध १० गोल गर्दै जित हासिल गरेको छ, संगै वडा नम्बर ६ र वडा नम्बर २ बिच हुने भनिएको खेलमा वडा नम्बर २ अनुपस्थित भएपछी वडा नम्बर ६ ले जित हासिल गरेको छ, त्यस्तै वडा नम्बर १३ र वडा नम्बर १५ बिच भएको खेलमा वडा नम्बर १३ ले १ का बिरुद्ध ९ गोल गर्दै जित हासिल गरेको छ भने आज भएको अन्तिम खेलमा वडा नम्बर ८ ए र वडा नम्बर४ बिच भएको खेलमा वडा नम्बर ४ ले १ का बिरुद्ध ८ गोल गर्दै जित हासिल गरेको छ। भोलि बिहान ७ बजेदेखि वडा नम्बर १४ भर्सेस वडा नम्बर ३ , वडा नम्बर १७ भर्सेस वडा नम्बर ९ बि र वडा नम्बर १० भर्सेस वडा नम्बर १६ बीच पहिलो चरणको खेल समाप्त हुने आयोजक वडाका वडा सदस्य कमल रेग्मी शर्माले बताए।

 
 
  
 

You may also like