सियारीका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण

by समतल अनलाइन

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने गरेको छ । जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुको उपचारको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परिक्षण गर्नै आवश्यक औषधी उपचार गर्ने गरको छ ।
सियारी गाउँपालिकाले ७ वटा वडामै रहेका जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आएको छ ।
पालिकाले स्वास्थ्य स्वयमसेवक खटाएर जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्नुका साथै आबश्यक औषधी समेत प्रदान गर्दै आएको छ ।

स्वास्थ्य परिक्षण तथा औषधी उपचारका लागि पालिकाले एक जना नर्स र एक पारामेडिक्स गरी दुई जना स्वास्थ्य स्वमसेवक खटाएको छ ।
सियारीमा दुई हजारको हाराहारीमा जेष्ठ नागरिक तथा असक्त असहाय रहेका छन् । पालिकाले ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको लागि मुटु, मधुमेह, दम, कोलेस्ट्राल लगाएका दिर्घरोगका जाँच गर्दै औषधी समेत प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले हालसम्म १२ सय बढीको स्वास्थ्य परिक्षण गरेको छ ।

पालिकाले उहाँहरुको रगत, पिसाव, खकार, मलेरिया जाँच पनि गर्ने गरेको छ । गाउँपालिकाले गरेको कार्यबाट स्थानिय जेष्ठ नागरिक खुसि देखिएका छन् । उहाँहरुले घरमै उपचार पाउदा आफुहरुलाई निकै सहज भएको भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिहरुका लागि उपचारमा सहज होस् भन्ने उदेश्यले घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण तथा औषधी प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । उहाँले जेष्ठ नागरिकहरुका लागि शुरु गरिएको यो कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर औषधी उपचार गर्ने कार्यक्रम देखि लिएर सुत्केरी महिलासंग उपाध्यक्ष लगाएतका कार्यक्रम गर्दै आएको छ ।

 
 
  
 

You may also like