संस्कार संस्कृति संरक्षण गर्न बुटवलमा नेवाः भोज

by समतल अनलाइन

बुटवल ।नेवारी खानाका परिकारको स्वादसंगै संस्कार संस्कृति संरक्षण गर्न बुटवलमा नेवाः भोज गरिएको छ । श्री बुटवल नेवा समाज वडा नं १,२ को आयोजनामा सोमबार महाबिर पुस्तकालय परिसरमा बृहत् नेवाः भोज गरिएको हो । नया पुस्तामा नेवारी संस्कार संस्कृति बुझाउन कार्यक्रम गरिएको समाजका अध्यक्ष सुभेन्द्रमान श्रेष्ठलले बताए । बुटवल नेवार समुदायको बाहुल्यता रहेको बस्तिका रुपमा रहेको र यहाँ बसोबासीहरुमा आफ्नो संस्कृति चिनाउन कार्यक्रम गरिएको उनको दाबी छ। नेवारी संस्कार अनुसार सहभागीहरु भोज खान भुईमा बस्ने र सालको पात (लाफा) मा नै चिउरा, लसुनअदुवा, छोयला,भुटुवा, भ्यातल, प्याखा लगायत १४ परिकारहरु पस्कने ब्यवस्था गरिएको उनले बताए । पातको लाफा सिलाउन लगाएर ल्याईएको उनले बताए । प्रत्येक वर्ष पुस महिना र सोमबार पारेर कार्यक्रम गरिएको छ । आफुहरु संस्थागत रुपमा गाठेमंगल, न्यु भिन्तुना लगायत धेरै कार्यक्रमहरु गर्दै आएको उनले बताए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले समुद्घाटन गर्दै नेवारहरुको विचमा संस्कार संस्कृतिबारे जानकारी दिने गरि महत्वपूर्ण कार्यक्रम गरिएको बताए । नेपाल सबै जातजातिहरुको बगैँचा भएको भन्दै नेवार त्यसमा पनि उत्कृष्ट संस्कृति भएको जातीमा पर्ने उनले बताए ।

कार्यक्रममा नेवा दय देवु रुपन्देही जिल्लाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, समाजका उपाध्यक्ष अरुणा श्रेष्ठ लगायत सहभागी भएका थिए ।
कार्यक्रममा समाजका सचिव विजय शाक्यले कार्यक्रममा सबै जातजातीहरुलाई नेवारी खानाको परिकार चखाईने बताए । नेवारी संस्कार र संस्कृति जर्गेनाका लागि सहभागिहरुले न्युनतम शुल्क राखिएको उनले बताए । कमाउनेभन्दा पनि संस्कार चिनाउने सास्कृतिक नाचहरु समेत देखाईने कार्यक्रममा करीब २५० जना सहभागी हुने अनुमान रहेको उनले बताए । एक वर्षअघि घिन्ताङ घिसिङ कार्यक्रम बुटवलमा गरिएको थियो ।

 
 
  
 

You may also like