दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा

by समतल अनलाइन

काठमाडौं । भारत आइसीसी यू–१९ विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाएका थिए । यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २४४ रन बनाएको थियो ।

अब फाइनलमा भारतले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्दैछ । अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भने विहीबार हुनेछ । त्यस्तै फाइनल खेल आगामी आइतबार हुनेछ ।

 
 
  
 

You may also like