प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्मप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गरिनेछ । साथै पूर्व सांसद केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गरिनेछ ।

 
 
  
 

You may also like