बुटवलमा नेवार समुदायको सामुहिक बेल विवाह(इहि) तथा व्रतबन्ध सुरु (फोटो फिचर)

by समतल अनलाइन

बुटवल । बुटवलमा बेल विवाह अर्थात् सामुहिक ईहि सुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने यज्ञ बुटवल देविनगरस्थित भुपु सैनिकको सभाहलमा हुनेछ  । नेवा सेवा समिति देविनगरको आयोजनामा कन्या (कुमारी) हरुको ईहि र बटुक (कुमार)हरुको व्रतबन्ध नेवारी संस्कृति र परम्परा अनुसार यज्ञ सुरु भएको हो।

शनिबार बेल विवाहको अनुष्ठान सुरू भएको छ भने भोलि आइतबार बटुकहरुको व्रतबन्ध हुने छ । नेवारी परम्परा अनुसार बेल विवाह गरे पछि कन्याहरुले सिन्दुर लगाउन पाउने छन् । बेल विवाह नेवार समुदायमा परम्परादेखि चल्दै आएको संस्कृति हो । महिनावारी नभएका कन्या केटीहरुको ७ वर्ष तथा ९ वर्षमा बेल विवाह गरिन्छ । नेवारी समुदायमा छोरीहरुको पराइ घर जाने विवाहको दिनभन्दा बेल विवाह ठूलो पर्व नै मान्ने गर्छन् ।

नेवा सेवा समितिको अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेवार समुदाय आफैमा संस्कृतिको धनी रहेको भन्दै बेल विवाहको संरक्षणमा विगतदेखि नै लागि परेको बताए ।

यज्ञ मार्फत ६५ जना कन्याहरुको ईहि र १५ जना बटुकहरुको व्रतबन्ध गर्ने समितिका संयोजक लक्ष्मण श्रेष्ठ जानकारी दिए ।

नेवारी समुदायमा छोरीहरुको बेलबिबाहमा ब्राम्हण कन्याले सिन्दूर हाल्ने र पानी, मिठाई खुवाउने चलन रहेको छ ।
यस अघि शनिवार बिहान बुटवलको देविनगरस्थित
भुपु सैनिकबाट सुरु भएको र्याली तिनकुने, कालिकापथ हुँदै देविनगर परिक्रमा गर्दै पुन: भुपु सैनिकमा गई टुंगिएको थियो।

 
 
  
 

You may also like