बम्घा बचत तथा ऋण सहकारीको आठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न ,अध्यक्षमा पुन:श्रेष्ठ

by समतल अनलाइन

बुटवल । बम्घा बचत तथा ऋण सहकारी समुहको आठौं वार्षिक साधारण सभा तथा औथो अधिवेशन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद श्रेष्ठको अध्यक्षता तथा संस्थापक अध्यक्ष कृष्ण प्रसाद भण्डारीको आतिथ्यमा रुपन्देहीको तिलोत्तमास्थित जुनकीरी होटलमा कार्यक्रम सम्पन्न भएको हो ।

त्यसैगरी संस्थाको अधिवेशनले लक्ष्मण प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको छ ।

समितिका उपाध्यक्षमा नरेन्द्र भण्डारी ,सचिवमा गोपाल गैरे , सह-सचिवमा सरोज ज्ञवाली र कोषाध्यक्षमा सुरज पाण्डे चुनिएका छन ।

त्यसैगरी सदस्यहरूमा विक्रम भण्डारी , तारा खत्री , कल्पना भण्डारी पाण्डे र सन्त कुमार श्रेष्ठ चयन भएका छन ।

त्यसैगरी नयाँ कार्यसमितिले सल्लाहकार संयोजकमा कृष्ण प्रसाद भण्डारी , सदस्यहरुमा भिमलाल भण्डारी , विष्णुदेवि भण्डारी र कृष्ण खत्रीलाई चयन गरेको छ।

 
 
  
 

You may also like