सभामुख घिमिरेले आज संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै

by समतल अनलाइन

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग आज (आइतबार) छलफल गर्ने भएका छन् । घिमिरेले आइतबार बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

छलफलको विषयबारे जानकारी नगराए पनि समितिको काम कारबाही र गतिविधिबारे उनले जानकारी लिन खोजेको अनुमान गरिएको छ । घिमिरे सभामुख चयन भएको १ वर्ष पूरा भएको छ ।

 
 
  
 

You may also like