170
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ४९ पैसा रहेको छ ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४३ पैसा र बिक्री दर १६९ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।