नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) रुपन्देहीको अध्यक्षमा:पाण्डे, सचिवमा बस्नेत

by समतल अनलाइन

बुटवल । वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई परामर्श गर्ने कन्सल्टेन्ट व्यवसायीहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) रुपन्देहीको अध्यक्षमा गिरिराज पाण्डे निर्वाचित हुनु भएको छ । संघको विहिवार बुटवलमा सम्पन्न पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालको लागि पाण्डेलाई निर्बिरोध चयन गरिएको हो ।

संघको जिल्ला कार्यसमितिको उपाध्यक्ष पदमा राजेश प्रसाद पान्डेय ,सचिवमा गोविन्द बस्नेत र कोषाध्यक्षमा दिपेश अर्याल तथा सदस्यहरुमा. शमिर सुवेदी , उपेन्द्र यादव , रामचन्द्र खरेल र अर्जुन पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ (इ–क्यान) का केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले शैक्षिक क्षेत्रमा देखिएका विकृतिहरु हटाउनका लागि सवै एकजुट हुनुपर्ने बताउनु भयो । साथै उहाँले इक्यानका गतिविधिहरु विद्यार्थी र अभिभावकहरु समक्ष लैजानुका साथै इक्यानमा नयाँ सदस्यहरु जोड्दै जान नेतृत्वलाई सुझाव दिनु भयो ।

त्यस अवसरमा संघका केन्द्रीय पुर्व अध्यक्ष विष्णुहरि पाण्डे , उपाध्यक्षद्वय लक्ष्मण पौडेल (एन्ड्रीयू) , भुवनबहादुर क्षेत्री , महासचिव दिपकराज भुसाल , सचिव भवनाथ हुमागाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 
 
  
 

You may also like