सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

by समतल अनलाइन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बिहीबार पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइले निरन्तरता पायो । सुनुवाइ नसकिएपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखेको छ ।

सरकारी वकिल र गौशाला २६ को तर्फबाट कानुन व्यवसायीहरुको बहसपछि बिहीबार सन्दीपका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए । बहस नसकिएकाले शुक्रबार पनि सन्दीपका कानून व्यवसायीहरुले पालो पाउनेछन् । सन्दीपका कानून व्यवसायीहरुको बहसपछि सरकारी वकिलले जवाफी बहस गर्ने पालो पाउनेछन् । त्यसपछि इजलासले निर्णय सुनाउनेछ ।

 
 
  
 

You may also like