मुद्दा हालेका १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने

by समतल अनलाइन

काठमाडौँ । सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने भएका छन् । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरूले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए ।

अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनु भनेर आदेश दिएको थियो । नयाँ फर्म खुला गरिएको आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरूलाई आवेदन फाराम भर्न दिनु भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश गरेको थियो ।

तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिने भएको हो । सिपबिल्डिङ परीक्षामा फेल भएका १८ जना बाहेकले भने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै आन्दोलन सुरु गरेका छन् ।

 
 
  
 

You may also like