जन्मदिनमा पोख्रेलले गरे आश्रमलाई सहयोग

by समतल अनलाइन

बुटवल । मानव सेवानै मुल धर्म हो भन्ने हेतुले पछिल्लो समय जन्मदिन , बिबाहउत्सव एवम अन्य कार्यक्रमको अवसरको आयोजना गरि सहयोग गर्ने दाताहरु दिनानुदिन बढ्दै आएका छन ।

यसै सन्दर्भमा धुर्कोट गाउँपालिका वडा नम्बर ५ स्थायी घर भइ बुटवलमा मेडिकल रिप्रीजेन्टेटिभको पेशामा आवद्द हिमाल पोख्रेलले आफ्नो जन्मोत्सव बुटवल देवीनगर स्थित नेपाल अपाङ आश्रममा मनाएका हुनँ ।

उनले बिगत ५ बर्ष अघिदेखी आफ्नो जन्मोत्सव विभिन्न आश्रममा सहयोग गर्दै मानवसेवाको भावना जागृत गर्दै आएका छन ।
सधैं दया,माया ,करुणा ,सत्य ,सरल र सुख:दुखमा सहयोग गर्नुनै मेरो उदेश्य रहेको उनले बताए । उनले विभिन्न खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन ।

 
 
  
 

You may also like