नेपाल प्रहरीका ५१३ असईको बढुवा सिफारिस

by समतल अनलाइन

काठमाडौँ । नेपाल प्रहरीका ५१३ जना असई बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालको बढुवा समितिले बुधबार ५१३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रहरी नायव निरीक्षक (सई) मा बढुवाको लागि सिफारिस गरेको हो ।

बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४० अनुसार उनीहरूलाई सईमा बढुवाको लागि सिफारिस गरिको जनाएको छ । बढुवा समितिले सूचना प्रकाशित गरी असईबाट सईमा बढुवा भएका ५१३ जनाको नाम सार्वजनिक गरेको छ ।

 
 
  
 

You may also like