यस्तो छ मेनुका पौडेलले प्रभासको चलचित्र ‘सलार’ का लागि गाएको गीत

by समतल अनलाइन

काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलले भारतीय चलचित्र ‘सलार’ का लागि गाएको ‘सूरज ही चाहो बनके’ बोलको गीत सार्वजनिक भएको छ ।

हम्बेल पिक्चर्स युट्युव च्यानलमार्फत ‘सलार’ मा समावेश ‘ सुरज ही छावं बनके’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो । यो गीत गाएसँगै मेनुकाले भारतको पार्श्वगायनमा डेब्यू गरेकी छिन् । मेनुकाले केही दिनअघि इण्डियन आइडलको पछिल्लो एपिसोडमा सलारको लागि गीत गाएको जानकारी दिएको थिइन् ।

लिरिकल शैलीमा तयार पारिएको गीतको भिडियोमा प्रभाससहित पृथ्वीराज सुकुमारणलाई देखाइएको छ । गीतसँगै फिल्मको कथावाचन समेत गरिएको छ । साथीबीचको मायाप्रेममा बुनिएका गीतका शब्दहरु निकै मनछुने छन् । प्रशान्त नील निर्देशित सलारको पहिलो भाग २२ डिसेम्बरमा सार्वनजिक हुँदै छ।उक्त गीतका संगीतकार रवि बसरुर हुन् भने रिया मुखर्जीले गीत लेखेकी हुन् । प्रशान्त निलको निर्देशन रहेको चलचित्रमा प्रभासको मुख्य भूमिका छ ।

 
 
  
 

You may also like