जनतामा रहेको अलमल, आक्रोश चिर्दै भरोसा जगाउने नेतृत्व अहिलेको आवश्यकता :महामन्त्री थापा

by समतल अनलाइन

बुटवल। महामन्त्री गगनकुमार थापाले २०४६ सालपछि सरकारका हरेक निकायका उच्च ओहोदामा बसेकाहरुको सम्पत्ति छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने बताएका छन् । पार्टी बलियो बनाउन समीक्षा र संकल्प आवश्यक रहेको उनले बताए ।

शनिबारदेखि बुटवलमा शुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले जनतामा रहेको अलमल, आक्रोश र नैराश्यतालाई चिर्दै उत्साह, भरोसा जगाउने नेतृत्व अहिलेको आवश्यकता रहेको भन्दै महामन्त्री थापाले बाँकी तीन वर्ष राम्रो काम गरे जनताले चुनावमा कांग्रेसलाई भोट आफैँ दिने समेत बताए । त्यसका लागि सत्तामा रहेका सरकारका हरेक संरचनाको नेतृत्व गर्नेहरु कांग्रेसीहरुले जनपक्षीय काम गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।

महामन्त्री थापाले नेताहरुमा रहेको अलमल र असक्षमताले राजावादीहरुले सलबलाउने मौका पाउन थालेको बताए।महामन्त्री थापाले कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका शीर्ष नेताहरूकै कारण राजावादी सलबलाएको संकेत गरे। गणतन्त्र, संविधान र संघीयताका बारेमा धेरै भ्रमहरू रहेको बताउँदै उनले त्यसलाई कांग्रेस कार्यकर्ताहरूले चिर्नुपर्ने बताए। उनले केही महिनाअघि कमजोर रहेको अर्थतन्त्र अहिले सुधार भएको बताए।

 
 
  
 

You may also like