टुटल र पठाओलाई लाग्यो बन्देज, अब यात्रु बोक्न नपाउने

by समतल अनलाइन

काठमाडौं । यातायात व्यवस्था विभागले निजी प्रायोजनका लागि दर्ता भएका रातो नम्बरप्लेटका सवारीले भाडामा यात्रु बोकेको पाइएमा कारबाही गर्ने भएको छ ।

विभागले मंगलबार सूचना प्रकाशित गरी निजी सवारीलाई अन्य प्रयोजनमा प्रयोग गर्नु गैरकानुनी भएको जानकारी गराउँदै कारबाही गर्ने बताएको हो ।

विभागको यस्तो सूचनाले निजी सवारीबाट भाडामा यात्रु बोक्दै आएका टुटुल र पठाओ जस्ता कम्पनी प्रभावित हुने भएका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रोतो नम्बर प्लेटका सवारीमा भाडामा यात्रु बोक्नु गैरकानूनी हो । आर्थिक अभियान दैनिकबाट

 
 
  
 

You may also like