मंसिर १५ देखि प्रथम देवदह मिडिय कप फुटबल आयोजना हुने

by समतल अनलाइन

बुटवल । रुपन्देहीको देवदह मिडीया क्लबले यही मंसिर १५ गतेदेखि प्रथम मिडीया कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’–भन्ने मूल नाराकासाथ विभिन्न सञ्चारगृह तथा पत्रकारसम्बद्ध संस्थाहरुका बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको हो ।

लुम्बिनी प्रदेशका विभिन्न मिडीया हाउसमा कार्यरत सञ्चारकर्मीहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यसहित ५१ हजार १११ रुपैयाँको पुरस्कार राशीसहित प्रतियोगिताको आयोजना गरिएको हो । विजेताले नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेता टिमले नगद ३१ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । देवदह–५ पानबारी खेलमैदानमा मंसिर १५ देखि १७ गतेसम्म हुने नकआउट फुटबल प्रतियोगिताका डेढ दर्जन बढी समूहको सहभागिता रहने आयोजकको दाबी छ ।

हालसम्मकै ठूलो पुरस्कार राशीस दाबी गरिएको मिडीया कपले पत्रकारको स्वास्थ्यसँगै स्वस्थ पत्रकारिताको लागि योगदान पुर्याउने मूल आयोजक समितिका संयोजक तथा देवदह मिडीया क्लबका अध्यक्ष विष्णु पोखरेलले दाबी गरे । १२ लाख बढी खर्च अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्नका लागि देवदह नगरापलिकासहित विभिन्न निजी तथा व्यवसायीक कम्पनीहरुसँग सहकार्य गरिने उनले बताए ।

 
 
  
 

You may also like