बुटवल । नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन बुटवल हुने भएको छ।
५० औ स्वर्ण जयन्तीका अवसरमा बुटवल जेसिजले महाधिवेशनको आयोजना गर्ने भएको हो।
देशभरबाट २ हजार ५०० प्रतिनिधि सहभागी रहने महाधिवेशनमा मंसिर २८ गतेदेखि पौष २ गतेसम्म आयोजना हुने सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।
नेपाल जेसीजका पूर्व अध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले बुटवल जेसीजको ५० औँ वर्षको अवसरमा राष्ट्रिय जेसिजको महाधिवेशन गर्न पाउनु बुटवलका लागि धेरै नै गर्वको कुरा भएको बताए । बुटवल जेसीजले यस भन्दा पहिला दुई वटा राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको र यस पटकको महाधिवेशन पनि भव्यताका रुपमा नै सम्पन्न हुने महाधिवेशन निर्देशक पोखरेलले बताए ।
यस्तै नेपाल जेसिजका पूर्व अध्यक्ष अनुपमान शैजुले यस महाधिवेशनले बुटवलको आर्थिक गतिविधिलाई चलायमान गराउनका लागि धेरै टेवा पुराउने बताए । बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुँवरले पनि बुटवल जेसिजको स्वर्णजयन्तीको अवसरमा ५० औँ राष्ट्रिय महाधिवेशन गर्न पाउनु ठूलो अवसर भएको बताउँदै यसले बुटवलको पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुराउने बताए ।
महाधिवेशनले वर्ष भरिका गतिविधिहरुको रिपोर्टिङ तथा कार्ययोजना निर्माणसँगै नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन सचिव सिनेटर मनोज भट्टराईले बताए । साथै महाधिवेशनको अवरसमा बुटवलको मुख्य भाग परिसरमा शान्ति पदयात्रा प्रभातफेरि गरिने महासचिव भट्टराईले बताए ।
महाधिवेशनलाई भव्य, प्रभावकारी र ऐतिहासिक रुपमाा आयोजना गर्न वर्ष २००७ पछिका १५ जना पूर्व अध्यक्षहरु ग्ठित समितिको संयोजक १२ जना पदाधिकारी सहसंयोजक सहित र ८० जना सदस्यहरु विभिन्न उपसमितिमा, वर्ष २००७ भन्दा अघिका १२ जना पूर्व अध्यक्षहरुको सल्लाहकार समिति र ३ सदस्यीय विशेष प्रमुख सल्लाहकार गठन गरिएको महाधिवेशन सचिव सिनेटर भट्टराईले जानकारी गराए ।
साथै महाधिवेशन सम्पन्न गर्नका लागि करिब २ करोड ६५ लाख ५० हजार खर्च लाग्ने उनले बताए ।