गुल्मीमा एम्बुलेन्स दुर्घटना हुदा तीन जना घाइते

by समतल अनलाइन

गुल्मी।गुल्मीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। गुल्मीको मालिका गाउँपालिका-६ अर्जेबाट मालिका गाउँपालिका-५ छाप जाँदै गरेको लु. १झ ३३४ नम्बरको एम्बुलेन्स अर्जेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
एम्बुलेन्स दुर्घटनामा मालिका गाउँपालिका-५ छापका चालक तुल्सीराम भण्डारी, १६ वर्षीय जगत परियार र १७ वर्षीय केशब अर्याल घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले जानकारी दिए। घाइते मध्ये जगत परिवारको अवस्था गम्भीर हरेको छ।

 
 
  
 

You may also like