नेपाल सम्वत् ११४४ को पूर्वसन्ध्यामा बुटवलमा मोटरसाईकल र्याली

by समतल अनलाइन

बुटवल । बुटवलमा नेपाल सम्वत ११४४ को पुर्वसन्ध्यामा मोटरसाइकल र्याली निकालिएको छ।

बुटवलस्थित नेवा: पुचको प्रधान कार्यलयमा रहेको राष्ट्रिय विभुति शङ्खधर शाख्वाको मुर्तिमा माल्यापर्ण र पुजाआजा गरि सगुन र टीका लगाएर बाजागाजा ब्यानरसहित दर्जन बढी नेवाहरुको संस्थाले सामुहिक रुपमा र्यालि निकालिएको हो।

पुच नेवा विकास समितिका अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

र्यालि ट्राफिकचोक, जलबिनायक, जितगढी, तामनगर, बुद्धनगर, योगीकुटी, रामनगर, दीपनगर, अमरपथ हुदै पुनः पुचको प्रधान कार्यलयमा आएर समापन गरिएको हो।

‘भाषा संस्कृति झिगु पौरख, नेपा सम्वत राष्ट्रिय गौरव’ नारा बोकेर साझा उदेश्यका साथ यहा रहेका १३ वटा नेवा समाज, खल, पुचका प्रतिनिधिहरु सम्बद्ध संस्थाहरुलाई एकतावद्ध गरि सहकार्यमा कार्यक्रमको शुरुवात भएको नेवा पुच नेवा विकास समितिका अध्यक्ष काजीमान श्रेष्ठले बताए ।

यसैगरि मुल दिवसको दिन मंगलबार पंचकन्या, कुमारी, बाजागाजा, झाकी, ब्यानरसहित विशाल रयाली निकालिने र शुभकामना आदानप्रदान कार्यक्रम गरिने उनले बताए ।

कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार चिरञ्जीवी जोशीले नेवार समुदायलाई एकतावद्घ गरि नेवा कला, संस्कृतिलाई जग्रेना गर्दे उदेश्यका साथ संस्थागत रुपमा कार्यक्रम गरिनु उदाहरणीय भएको बताए । भिमसेन नेवा गुठीका अध्यक्ष सहदेव श्रेष्ठले गुठी परम्परा मान्दै आएका नेवारहरु एकतामा जोड दिदै आएको पुर्खाको ईतिहास रहेको भन्दै रुपन्देहीमा नया शुरुवात भएको बताए ।

पुचका सचिव लक्ष्मी श्रेष्ठले कला, संस्कृति र संस्कारलाई जोगाउदै नया पुस्तामा सिकाउने रुपमा सामुहिक प्रयास गर्नुपर्ने बताईन ।

श्री नेवा पुच, नेवा समाज विकास परिषद, भिमसेन नेवा समाज, तिलोत्तमा नेवा मयजू खल, हुमिन नेवा पुच, नेवा पुच दिपनगर, नेवा पुच तामनगर, नेवा पुच बुटवल ११, भिद्य नेवा पुच, बुटवल नेवा समाज, नेवा सेवा समिति बुटवल,गणेश नेवा समाज मझगाउ, नेवा संस्कृति संरक्षण समिति देवीनगर, भिद्य नेवा समाज बुटवलको सहकार्यमा यो वर्ष सामुहिक दुई दिने कार्यक्रम गर्ने भएको हो ।
तस्वीरहरु;

 
 
  
 

You may also like