नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

बुलिङटारबाट कावासोतीका लागि हिंडेको नु२ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।

जिपमा ७ जना सवार थिए । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।

 
 
  
 

You may also like