सुनवलमा औद्योगिक व्यापार मेला -२०७६ को सम्पूर्ण तयारी पुरा,मङ्सिर ५ गते देखि मेला सुरु हुने

by समतल अनलाइन

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा यही मङ्सिर ५ देखि १५ गतेसम्म सञ्चालन हुने प्रादेशिक औद्योगिक व्यापार मेला–२०७६ को सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सममेलन मार्फत जानकारी गराइएको छ । उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार राष्ट्र निमार्णको बलियो आधार भन्ने मुल नाराका साथ प्रादेशिक औधोगिक कृषि, पर्यटन, व्यापार मेला सुनवल नगरपालिकाको वडानं १ नदुवामा संचालन हुन लागेको हो । प्रादेशिक औद्योगिक व्यापार मेलाको मशिंर ५ गते बिहीबार नेपाल सरकारका सांस्कृति नागरिक उडयन तथा पर्यटन मन्त्री योगेश भटराईले उदर्घाटन गर्ने कार्यक्रम रहेको संघले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले मेलामा नेपालका घरेलु साना मझौला तथा ठूला उद्योगहरुको अतिरित्त बिदेशका बस्तुहरु पहाडी जिल्लाका खनिज जन्य कृषि र अन्य उत्पादन समेत गरी १ सय ६५ स्टल बुक भैसकेको जानकारी दिदै मेलामा बाल उद्यान र पछिल्लो समयमा लोप हुदै गएको जातिय खानपन बिभिन्न जनजातिहरुको पुख्यौली घरहरु निमार्ण गारिएको र मेलामा हात्ती सफरी, रथ यात्रा समेतको व्यवस्था गरिएको अधयक्ष कर्माचार्यले जानकारी गराउनुभयो ।सो अवसरमा संघ बाणिज्य उपाधयक्ष एवं आर्थिक समयोजक लेखनाथ खरेलले मेलामा पर्यटन प्रबद्र्धन गर्नको

लागि प्रबेशद्धारामा पाल्पाको रानीमहल आकृती दृष्य देखिन्न सकिने र सुनवलको महल पोखरी देखी बाबाबर्दगोरीय पर्यटकीय क्षेत्रलाई हेर्न गाडीको व्यवस्था र मेलामा उपमेयर पुरुष खुल्ला भलिबल प्रतियोगिता राखिएको जानकारी गराउदै मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवम सूचना प्रविधिको बृहद् प्रदर्शनी र आन्तर्राष्टिय कृषि जडीबुटी पर्यटन सम्बन्धी दैनिक उपभोग्य बस्तुहरु हस्तकला तथा तयारी पोशाक प्रर्दशन हुने जानकारी गराउनुभयो ।मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीका साथै आर्कषणका रुपमा रहेको भलिबल प्रतियोगितामा गुल्मी पाल्पा, रुपन्देही नवलपरासी पूर्व, नवलपरासी पश्चिममा खेलाडीहरुको टिम सहभागि हुने र प्रथम हुने टिमलाई नगद एक लाख ८० हजार,द्धितीय हुने टिमलाई ६० हजार पुरस्कारको व्यवस्था गरिएको जानाकरी गराइएको छ । ११ दिन सम्म चल्ने मेलामा नेपाल लागायत छिमेकी राष्टहरुको लगानीकर्ता उत्पादक निर्यातकर्ताहरुको एउटै मञ्चमा भेटघाट भेला गराई समाग्रीहरुको प्रत्यक्ष अवलोकन गराउने र मेलामा एक लाख दर्शकले अवलोकन गर्ने र सो मेलाबाट १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिएको संघका महासचिव तेजप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । सो सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले पत्रकार र मिडियाकर्मीहरुले मेला सफल पार्न हर सम्भव सहयोग गर्ने बताउनुभयो ।

 
 
  
 

You may also like