तामनगर खानेपानीको साधारण सभा

by समतल अनलाइन

बुटवल । बुटवल १२ स्थित तामनगर राजपुर खानेपानी तथा सरसफाई संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । खानेपानीको सुद्धता आजको आवश्यक्ता, मुहानदेखि घरसम्म स्वच्ट पानीको प्रतिबद्धता भन्ने मुलनाराका साथ २०६४ सालमा स्थापना भएको सो खानेपानी संस्थामा १२ सय भन्दा बढि घरधुरी उपभोक्ता रहेका छन ।

गत आवमा कुल ७४ लाख ६४ हजार ८ सय १० रुपैया बराबरको आर्थिक कारोबार गरेको सो खानेपानी संस्थाको साधारण सभामा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले मानव जिवनमा खानेपानीको महत्व उच्च रहेको बताए । बुटवलका पुर्व नगरप्रमुख तथा प्रदेशका पुर्व स्वास्थ्य मन्त्रीसमेत रहेका प्रदेश सांसद श्रेष्ठले खानेपानीको बिकासमा तिनै तहका सरकार र स्थानिय समुदायको भुमिका महत्वपुर्ण हुने चर्चा गरेका छन् ।

संस्थाका अध्यक्ष जीतबहादुर राहाडीको सभापतित्वमा सम्पन्न सो सभामा खानेपानी डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरी, बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा, पुर्व वडाध्यक्ष दुर्गाप्रसाद सुबेदी, खानेपानी महासंघका केन्द्रिय सदस्य सावित्रा रेग्मी, प्रदेश महासचिव शालिकराम भण्डारी, जिल्ला अध्यक्ष धु्रवकुमार धिताल, नगर अध्यक्ष भिमप्रसाद न्यौपाने लगाएतले खानेपानीको आवश्यक्ता, यसको महत्व र सुद्धताबारे चर्चा गरेका थिए ।

उपाध्यक्ष कल्पना आचार्यको स्वागत मन्तब्यबाट शुरुभएको सो कार्यक्रममा चारपाला सामुदायिक बनका अध्यक्ष जगत शर्मा, सेमलार खानेपानी संस्थाका अध्यक्ष प्रेम पौडेल, नयाँगाउ खानेपानीका अध्यक्ष रमा पौडेल लगाएतले तामनगर राजपुर खानेपानी तथा सरसफाई संस्थाले पुराएको योगदानको बारेमा उल्लेख गर्दै आगामी कार्यदिशाका बारेमा सुझाव दिएका थिए । कार्यक्रममा सचिव यमकान्त चापागाईं, र संस्थाका लेखा समिति संयोजक दीपककुमार श्रेष्ठ र सदस्य मणी खनालले प्रतिबेदनहरु प्रस्तुत गरेका थिए ।

 
 
  
 

You may also like