पाल्पाबाट बलात्कार आराेपमा एकजना पक्राउ

by समतल अनलाइन

पाल्पा । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी ईस्मा गाउँपालिका-६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

तानसेन नगरपालिका-८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 
 
  
 

You may also like