म्याक्सवेलको दोहोरो शतकसामु अफगानिस्तानको सपना चकनाचुर

by समतल अनलाइन

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले हराएको छ । अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले दुई सय एक रनको दोहोरो शतक खेले ।

अफगानिस्तानका नभिन उल हक, अजम्तुल्लाह ओमरजाई र रासिद खानले दुई दुई विकेट लिए । त्यस अघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनायो ।

अफगानिस्तानका इब्राइम जद्रानले १२३ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले २ विकेट लिए । ८ खेलमा ६ वटा जितेको अष्ट्रेलिया १२ अङ्क सहित जारी विश्वकपको तेस्रो स्थानमा छ । सामान ८ खेलमा चार वटा जितेको अफगानिस्तान आठ अङ्क सहित छैटौं स्थानमा छ ।

हिजोको जितसँगै अस्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ । अब चौथो स्थानका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानकै बीचमा तीव्र प्रतिस्पर्धा हुने छ । पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

 
 
  
 

You may also like