बर्दघाट नगरपालिकाले भूकम्प पिडितलाई २ लाख सहयोग गर्ने

by समतल अनलाइन

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २ लाख रुपैया सहयोग गर्ने भएको छ । बर्दघाट नगरपालिकाले बिपत कोषबाट आर्थिक सहयोग गर्ने भएको हो।

आइतबार प्रधानमन्त्री दैवीक प्रकोप राहत कोषमा २ लाख जम्मा गरि सहयोग गरिने प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो । नगरको बिपद व्यवस्थापन कोषबाट सहयोग गर्ने खनाल बताउन भयो ।

मानवीय धर्म निर्वाह गर्ने र पीडितकाे पीडामा मलम लगाउने प्रयास स्वरुप सहयोग गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । श्रेष्ठ भन्नुहुन्छ -“नगरपालिकाले नगरभित्रका रहेका सामुदायिक तथा निजि रुपमा संचालनमा रहेका संघ सस्थाहरुलाइ सहयोग गर्न अपिल गरेका छ ।”

 
 
  
 

You may also like