नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर(ईलाका)को चौथो अधिवेशन

by समतल अनलाइन

बुटवल । नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर (ईलाका) को चौथो साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा एव अधिवेशन सम्पन्न भएको हो।

पूर्व प्रहरीहरुले भुतपुर्वको संगठन आवश्यकता रहेको महसुस गरेकोले स्थापना गरिएको सस्था पछिल्लो समय चलायमान भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताए।

कार्यक्रममा बोल्दै पुर्व प्रहरी उपरीक्षक अजय भट्टराईले हाल कार्यरत रहेका सबैले आफुहरु भुतपुर्व हुनुपर्छ भन्ने बुझ्न आवश्यक रहेकोमा जोड दिएका छन। उनले पूर्वहरुलाई गर्ने सम्मान समेत प्रहरीमा निकै कमजोर रहेको बताए। उनले आफ्नो जिवनको सम्पूर्ण उर्जावान समय खर्चिएको बताउदै बहालवाला बाट नै एकताबद्ध भएर लागेमा सस्था बलियो हुने बताए।

कार्यक्रममा पुर्व प्रहरी उपरीक्षक ईश्वरी प्रसाद चापागाईंले नेतृत्व लिनेले सबैलाई मिलाउदै लैजान सक्ने क्षमता आवश्यक रहेको बताए। उनले सस्था चलायमना बनेको भन्दै अझै बलियो बनाउनेगरी काम गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठन रुपन्देही अध्यक्ष प्रेम सिंह पौडेलय बुटवल इलाका अध्यक्ष नारायण बहादुर रायमाझी, ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि दान बहादुर थापा, नेपाल प्रहरी राजमार्ग सुरक्षा ब्यवथा कार्यालय बुटवलमा डिएसपि होम बहादुर थापा, बुटवल उपमहानगर समिती सचिव छबिलाल खत्री, लगायतले बोलेका थिए।

कार्यक्रममा कोषाध्यक्ष राधिका श्रेष्ठ प्रतिबेदन पारित समेत भएको छ।
कार्यक्रममा बुटवल क्षेत्रका पूर्व प्रहरी एव दिवङगत परिवार लगायतको सहभागीता रहेको थियो। अधिवेशनले नया नेतृत्व चयन गर्नेछ।

 
 
  
 

You may also like