क्यान्सर पीडित परिवारलाइ आर्थिक सहयोग

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिका ९ मा रहेको मुनाल टोल विकास सस्थाले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ।
समितिको पाचौं साधारणसभाको अवसरमा मिलनचोक मनकामना टोल निवासी आशादेबी खरेलको जिविकोपार्जनका लागि छोरा गोबिन्द खरेललाई १० हजार रुपैयाँ प्रदान गरिएको हो। उनलाइ समितिका अध्यक्ष तथा पदाधिकारी र प्रमुख अतिथी लगायतले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल ९ वडा सदस्य सुर्य बहादुर कार्कीले आफू यहि टोल बिकास सस्था भित्रबाट नै जनप्रतिनिधि बनेको बताउदै आफुहरुले टोलहरुको ब्यवस्थापन भईरहेको बताए।

कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष जयलान न्यौपानेले आफ्नो तर्फबाट काम गर्न नपाउने अवस्था हुदा टोल बिकास समितिको काम नदेखिएको गुनासो गरे । उनले २ जना सदस्य मुनाल टोलबाट भएपनी बजेट नपाएको गुनासो गरे। मुनाल टोल भित्र ७ पथ टोल भित्र रहेका छन।
कार्यक्रममा निवर्तमान अध्यक्ष हेमा न्यौपाने, बरिस्ठ सल्लाहकार तिलकराम पौडेल, सिडिईसि अध्यक्ष भरतराम भट्टराई बिकास समिति सह सचिव गौतम रिजाल लगायतले बोलेका थिए।

 
 
  
 

You may also like