भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु

by समतल अनलाइन

काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको शक्तिशाली भूकम्पले घर भत्किँदा जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सदरमुकामस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्प जाँदा भत्किएको संरचनाले लागेर उनको मृत्यु भएको हो । ०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

 
 
  
 

You may also like