त्रिभुवन विमानस्थलबाट २८ लाखको सुनसहित पाँच जना पक्राउ

by समतल अनलाइन

काठमाडौँ । कतारबाट ल्याएको २८ लाख बराबरको अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अमृतधन राई, नजिर मन्सुरी, कारी ईसार केवट, अर्जुन भट्टराई र यम भन्ने अनिष थापा रहेका छन् ।

कतारको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरूले भन्सार छली अबैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सिनामंगल शम्भुमार्गबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २६ लाख ५१ हजार ८९५ रुपैयाँ ४७ पैसा पर्ने सुनको ढिक्का थान–३ (जम्मा तौल २१४.३६ ग्राम) र सिक्रीहरू थान–३ (जम्मा तौल ५०.०१ ग्राम) र नगद रू१ लाख १० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंमा पठाइएको छ ।

 
 
  
 

You may also like