धादिङ केन्द्रविन्दु भएर थप दुई ठुला भूकम्प

by समतल अनलाइन

काठमाडौं । धादिङ केन्द्रविन्दु भएर आइतबार मात्र थप दुई ठुला भूकम्प गएका छन् । आइतबार साँझ ५ बजेर ३१ मिनेट जादा ५ रेक्टरको र् ५ बजेर ३३ मिनेट जादा ५.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रके जानकारी दिएको छ ।

यसअघि आजै बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्र बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएपछि ४ भन्दा बढीका तीन भूकम्प गएका थिए । केन्द्रका अनुसार बिहान ८ बजेर ८ मिनेटमा ४.२, ८ बजेर २८ मिनेटमा ४.३ र् ८ बजेर ५९ मिनेटमा ४.१ रेक्टर स्केलका भूकम्प गएका थिए ।

आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । त्यस्तै पहिरो समेत गएको स्थानीयले बताएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए ।

पटक-पटक चार रिक्टर स्केलभन्दा माथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए ।

 
 
  
 

You may also like