मन्त्रिपरिषद पुनर्गठन : औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई निर्देशन

by समतल अनलाइन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी गराएका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बताए ।

ओलीले को-को मन्त्री हट्दैछन र थपिदैछन् भन्ने बारे भने कुनै जानकारी नगराएपनि नयाँ मन्त्रीहरूको शपथ बुधबार नै हुने भएकाले कुनै औपचारिक कार्यक्रमसमेत नराख्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक समेत बोलाएका छन् । नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गरिसकेका छन् ।

मन्त्रिपरिषद पुनर्गठन बुधबार, औपचारिक कार्यक्रमसमेत नराख्न मन्त्रीहरुलाई निर्देशन
दुवै अध्यक्षबिच भएको छलफलमा सहमत हुन नसकेको रिपोर्ट बाहिर आएपनि अन्तत: बुधबार मन्त्रिपरिषद पुनर्गठन हुने भएको हो ।

 
 
  
 

You may also like