धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

by समतल अनलाइन

काठमाडौं । धादिङमा आज (आइतबार) बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

‘धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो’, भूकम्पविद् कोइरालाले भने, ‘यो नयाँ भूकम्प होइन परकम्प हो ।’ भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पको धक्काले दशैंको माहौलमा रमाइरहेकालाई झस्काएको थियो ।

 
 
  
 

You may also like